‘डिग्री माइला’ लाई देशभर उच्च शो

1.62K shares

काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र डिग्री माइलाले देशभर उच्च शो पाएको छ । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको जोडि फेरि एकसाथ आउन लागेकाले फिल्मको हाइप उच्च छ । सोहि कारण हुनसक्छ हलवालाको रोजाइमा फिल्म परेको ।

फिल्मलाई देशको ठूलो हल चेन क्यूएफएक्स लगायतका मल्टिप्लेक्सहरुले फिल्मलाई १ सय ५५ शो दिएका छन् । फिल्मले दर्शक तान्न सकेमा यो बढ्ने देखिन्छ । हिन्दी फिल्म रिलिज हुने कि नहुने अवश्थामा छ भने रेड सुटकेसलाई मल्टिप्लेक्सले हेपेर शो नै दिएका छैनन । यस्तोमा फिल्मले फाइदा बटुल्न भने सक्नेछ ।

फिल्ममा दयाहाङसँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ निर्माताका रुपमा रहेका छन् भने कार्यकारी निर्माता क्रिश लामा हुन् ।

1.62K shares