‘अगस्त्य’ले मनायो ५१ दिन

1.73K shares

काठमाडौँ । फागुन १८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘अगस्त्यः च्याप्टर १’ले ५१ दिन मनाएको छ । काठमाडौँको रन्जना सिनेप्लेक्समा फिल्मले शनिबार ५१ औँ दिन मनाएको हो ।

सुरुवाती दिनबाटै फिल्मले दर्शक तानेपनि लामो समयसम्म फिल्म टिक्न सकेको थिएन । फिल्मले मिश्रित प्रतिक्रिया पाउँदा त्यसको असर व्यापारमा पनि परेको थियो । यस्तोमा फिल्मले रन्जनामा मात्रै भएपनि ५१ औँ दिन मनाएको छ ।

निर्देशक सौरभ चौधरीले एक्सन फिल्ममा बलियो सम्भावना भने देखाएका छन् । फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत लगायतका कलाकारको अभिनय रहेको थियो । निर्माण टिमले च्याप्टर २ सन २०२५ मा ल्याउने तयारी गरेको छ ।

1.73K shares