आईपीएल : मुम्बईमाथि राजस्थानको सानदार जित

420 shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ९ विकेटको जित हासिल गरेको छ । सोमबार भएको खेलमा मुम्बईले दिएको १८० रनको लक्ष्य राजस्थानले १८.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । हारसँगै मुम्बई तालिकाको सातौँ स्थानमा रहेको छ ।

420 shares