‘बसन्त’ बनाउँदै प्रकाश सपुत, आफैँ लेखक, आफैँ हिरो र निर्देशक पनि

777 shares

काठमाडौँ । लोकप्रिय गायक प्रकाश सपुतले फिल्म निर्देशन गर्ने भएका छन् । आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको नाम र प्रदर्शन मिति सार्वजनिक गरिएको हो । फिल्मको नाम ‘बसन्त’ रहनेछ भने आगामि नयाँ वर्षको छेको पारेर फिल्मलाई प्रदर्शन गरिने भएको छ ।

फिल्ममा सपुतकै कथा, संगीत र निर्देशन रहनेछ । फिल्ममा सपुतको जोडि अभिनेत्रि स्वस्तिमा खड्कासँग बाँधिने भएको छ । जातिय विभेदविरुद्ध विद्रोहको कथा फिल्ममा देखाइने सार्वजनिक टिजरबाट जनाइएको छ ।

फिल्ममा धेरै आफैँले भोगको जीवनको कथा देखाइने सपुतले कार्यक्रममा बताए । उनले स्वस्तिमाको पात्र शान्ति मार्फत विद्रोह बोल्ने पनि बताए । शान्ति पात्र आफुले देखेको भोगेको तर वास्तविकतामा साहस नभएको भए पनि फिल्ममा भने उक्त पात्रमा साहस भरिएको उनले बताए ।

यता स्वस्तिमाले भने आफुले प्रकाशलाई ब्लाइन्डली विश्वास गर्ने सक्ने मेकर भएको बताइन् । उनले यसअगाडि प्रकाशसँग एउटा गीतमा काम गरिसकेकि छन् ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा तयार हुने फिल्ममा प्रकाश र स्वस्तिमाको साथमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मका कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई, नेन्सि शेरचन रहेका छन् ।

777 shares