प्रकाश सपूतलाई ब्लाइन्डली विश्वास गर्न सक्छु : स्वस्तिमा खड्का
वि.सं.२०८१ वैशाख २४ सोमवार ०४:१०

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले मेकरको रुपमा आफुले प्रकाश सपूतलाई ब्लाइन्डली विश्वास गर्न सक्ने बताएकी छन् । आइतबार काठमाडौँमा आयोजित ‘बसन्त’ चलचित्र निर्माण घोषणा कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
चलचित्रमा स्वस्तिमाको आवद्धता कसरी रहन गयो भन्ने प्रश्नमा उनले बताएकी छन्, “प्रकाशजीसँग यसअगाडि पनि काम गरिसकेको छु । मेकरको रुपमा र निर्देशकको रुपमा आफुले ब्लाइन्डली विश्वास गर्न सक्छु । आफुले सरेन्डर गर्न सक्ने निर्देशक हो प्रकाश जी ।”
यसो त उनले बसन्त आजको १० /१५ वर्षपछि पनि सम्झन लायक चलचित्र बन्ने दाबी गरिन् । जातिय विभेदविरुद्ध विद्रोह देखाइने चलचित्र वर्षौँपछि पनि कुरा हुने, बहस हुने चलचित्र बन्ने दाबी उनको छ ।
प्रकाशकै कथा रहने चलचित्रमा जोडिको रुपमा स्वस्तिमाले साथ दिएकी छन् । फिल्म आगामि नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउने जनाइएको छ ।
वि.सं.२०८१ वैशाख २४ सोमवार ०४:१०







