श्रीदेवीको बंगला बन्यो होटल, सित्तैमा बस्न पाइने

1.87K shares

काठमाडौँ । हिन्दी सिनेमाको पहिलो सुपरस्टारको रुपमा परिचित स्वर्गिय अभिनेत्री श्रीदेवीको चेन्नइमा रहेको बंगला अब सबैका लागि खुला भएको छ । बोनी कपूर र जान्हवी कपूरले उक्त घरलाई रेनोभेट गरेर होटल बनाएका छन् । घरलाई एक रेन्टल कम्पनी एअरबिएनबिको जिम्मा लगाइएको छ । एअरबिएनबिले घरलाई ‘आइकन’ क्याटागोरीमा राखेको छ ।

श्रीदेवीको शुभचिन्तकहरुकालाई घरमा रहने मौका दिइएको जान्हवीले बताएकी छन् । उनले भनेकी छन्, “कृपया केहि पनि चोरी नगर्नुहोला । म आफ्नो फ्यानहरुप्रति धेरै भरोसा गर्छु र इमानदारिताका साथ भन्छु एअरबिएनबि प्रति पनि भरोसा गर्छु । कम्पनी भरोसाको लागि चर्चित छ । यसकारण यहाँ जो बस्न आउँछ, कृपया सामान चोरी नगर्दिनुहोला ।”

रेन्टल कम्पनी एअरबिएनबिले आफ्नो ‘आइकन’ सिरीज अन्तर्गत उक्त घरलाई होटलमा बदलेको हो । होटलको सार्वजनिक समारोहमा जान्हवी कपूरले घरसँग जोडिएको आफ्नो यादहरु बताएकी थिइन् । साथै श्रीदेवीको पनि उक्त घरलाई होटल बनाउने चाहना रहेको बताएकी थिइन् ।

कार्यक्रममा एअरबिएनबीको मेनेजरले सबै घरको मूल्य सय डलरभन्दा कम छ र केहि घर निशुल्क उपलब्ध छन् । यहा बस्न चाहने मानिसहरुले गोल्डेन टिकटका लागि आवेदन दिन सक्नेछन् । यो वर्ष ४ हजार गोल्डेन टिकट उपलब्ध गराइनेछ । जसमा श्रीदेवीको घर फ्रीमा उपलब्ध छ । यसको लागि पैसा लिइनेछैन । उक्त घरमा बस्नका लागि आवेदन दिनुपर्नेछ । पाहुनाका लागि एउटा क्राइटेरियाको भरमा गोल्डेन टिकट दिइने बताए ।

1.87K shares