‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

1.91K shares

काठमाडौं। थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूको प्रतिष्ठित चरणहरूमा व्यापक प्रशंसा पाएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को टिजर रिलिज भएको छ। सोमवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक टिजरमा मोटर गुड्ने बाटो पुग्नु अगाडीको अवस्था मोटर बाटो पुगे पछिको अवस्थालाई चित्रण गर्ने कोसिस गरिएको छ।

‘नुमाफुङ’ जस्तो बहुचर्चित चलचित्रका निर्देशक नबिन सुब्बाले यो चलचित्रलाई निर्देशन गरेका हुन्। यसको वर्ल्ड प्रिमियर टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा भएको थियो। साथै, ‘४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव२०२४’ स्विडेनमा समेत छनौट भएको थियो भने बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा एसियन प्रिमियर र मामी मुम्बईमा साउथ एसियन प्रिमियर भएको थियो। यो चलचित्र चीनको १४ औँ ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’मा छनौट भएको थियो।

चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा गाउँमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई तथा प्रसन राई प्रमुख भूमिकामा रहेका छन्।

 

1.91K shares