‘खजुरे ब्रो’ को नयाँ गीतमा रोमान्टिक रेअर र नीति

2.4K shares

काठमाडौँ । बैशाख २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खजुरे ब्रो’ को नयाँ गीत सार्वजनिक भएको छ । सोमबार ‘मैले फकाएर मात्र’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो ।

अनमोल गुरुङको शब्द,संगीत र स्वर रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। सार्वजनिक गीतमा चलचित्र मुख्य पात्र
रेअर राइ र नीति शाह फिचर्ड छन्। खजुरेको ड्रिम गर्लको रुपमा नीतिलाई देखाइएको छ ।

सुरज सुनुवारको निर्देशन रहेको फिल्ममा रेअर र नीतिको साथमा नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय रहेको छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा चलचित्र निर्माण भएको चलचित्रको निर्माता नवीन मानन्धर र सुरज सुनुवार हुन् । सह–निर्माताको रुपमा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् ।

 

 

 

2.4K shares