विराज भट्टको ‘१२ गाउँ’को शुभमुहर्त
वि.सं.२०८१ जेठ ७ सोमवार ०७:५६
2.13K
shares

काठमाडौँ । अभिनेता विराज भट्टको नयाँ चलचित्र ‘१२ गाउँ’को शुभमुहर्त गरिएको छ। सोमबार ललितपुरको हात्तीबनमा फिल्मको शुभमुहर्त गरिएको हो ।
विराजकै निर्माण तथा निर्देशन रहने फिल्मको शुभमूहर्तमा समीर भट्ट, न्यान्सी खड्का र सनिशा भट्टराईले क्यामेरामा पूजा गर्दै फिल्मको पहिलो सिनको सुटिङ सुरु गरिएको हो । एक्सन–थ्रीलर जनरामा निर्माण गरिने यो फिल्मको छायांकन नेपाल र भारतमा हुनेछ।
फिल्मको पहिाले चरणको छायांकन नेपालका विभिन्न स्थानमा गरिने भएको छ भने दोश्रो चरणको छायांकन भारतका विभिन्न स्थानमा गरिने जनाइएको छ । फिल्ममा साउथ अभिनेता कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, मुरलीधर, कालु राना, सन्तोष सरकार लगायतको अभिनय रहनेछ ।
वि.सं.२०८१ जेठ ७ सोमवार ०७:५६
2.13K
shares





