प्रदीपको ‘एक्लो’मा ब्रिटिस एक्टर जेमि बेकन
वि.सं.२०८१ जेठ ७ सोमवार ०९:४७

काठमाडौँ । निर्देशक प्रदीप शाहिको फिल्म ‘एक्लो’मा ब्रिटस एक्टर जेमि बेकन जोडिएका छन् । ह्वाइट लाइनस र ब्रिंगटनजस्ता फिल्ममा काम गरेका जेमिले अब नेपाली फिल्ममा काम गर्ने भएका हुन् । उनले नेपाली अभिनेता प्रदीप खड्कासँग स्क्रिन सेयर गर्नेछन् ।
फिल्मका निर्देशक शाहि हाल उनको पछिल्लो फिल्म ‘अन्तिम संस्कार’का लागि कान्स फिल्म फेस्टिवलमा पुगेका छन् । एक्लो नेपालमा बन्ने पहिलो साइ फाई थ्रीलर बताइएको छ । फिल्ममा २०३० मा घातक महामारीका कारण मानिसलाई पृथ्वी छाड्न बाध्य तुल्याइने छ । त्यसको ६० वर्षपछि, बेलायती अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री ज्याक (बेकन) आफ्नो साथीसँग नेपालको हिमालय क्षेत्रमा एउटा खोज अभियान र क्र्यास ल्यान्डमा छन्। तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडहरू बीचमा रहेको गुफाहरूको लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप) सँग भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो।
बेकन फिल्मका निर्माताका रुपमा पनि जोडिएका छन् । उनी र शाहीले नेपाली र बेलायती फिल्म उद्योगबीचको सम्बन्ध निर्माणका लागि प्रयास गरेका छन् । यो सहकार्यले नेपाललाई एशियामा एउटा राम्रो छायांकन स्थलको विकल्पको रुपमा चिनाउन सकिने आशा गरिएको छ ।
फिल्मलाई तीन भागमा निर्माण गरिने जनाइएको छ । तीन भागमा बन्ने फिल्ममा पहिलो पटक जोम्बी थ्रिलरको कथा भनिनेछ । फिल्ममा प्रदीप र जेमिका साथमा बेनिशा हमाल, विजय लामा, सुनिल थापा, कबिता नेपाली लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण गरिन लागेको हो ।
वि.सं.२०८१ जेठ ७ सोमवार ०९:४७





