नेपाल पहिलो खेलमा ६ विकेटले पराजित
वि.सं.२०८१ जेठ २३ बुधवार ०३:०९

काठमाडौं। नेपालले आइसिसी ट्वान्टी–२० विश्वकपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । मंगलबार भएको समूह डीको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । नेपालले दिएको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनाएर पुरा गरेको थियो ।
नेदरल्यान्ड्सका लागि म्याक ओ डाओड नटआउट रहदैँ सर्वाधिक ५४ रन बनाए । विक्रमजीत सिंह २२, साइब्रेन्ड एन्गलब्रेख्त १४ रन र बास डे लीडे ११ रन टिमका लागि जोडे । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहरा समान १ विकेट लिए।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए। करण केसी १७, गुल्शनकुमार झा १४ र अनिल साह ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेदरल्यान्ड्सका टिम प्रिन्गल र लोगान भ्यान वीकले समान ३ विकेट लिए। पाउल भ्यान मिकरेन र बास डे लीडेले समान २ विकेट लिए।
वि.सं.२०८१ जेठ २३ बुधवार ०३:०९





