जेलबाटै सुकेशले लेखे ज्याकलिनलाई लभलेटर
वि.सं.२०८१ जेठ २३ बुधवार १०:२९

काठमाडौँ । सुकेश चन्द्रशेखर करोडौँको ठगि मुद्दामा दिल्लीको जेलमा छन् । उनि फेरि अभिनेत्री ज्याकलिन फर्नान्डीजसँगको सम्बन्धको कारण चर्चामा आएका छन् ।
उनले ज्याकलीनलाई लभ लेटर लेखेपछि चर्चा भएको हो । ज्याकलिनको कान्स लुकको तारिफ गर्दै, “बेबी गर्ल सबैभन्दा पहिले म तिमिलाई सम्झिरहेको छु । सुपर क्रेजि, म तिमिलाई अझै धेरै माया गर्न थालेको छु । बेबी, तिमिले कान्समा सबैको दिल जित्यौ, गोल्डमा तिम्रो लुक जेजी र सुपर क्लासी थियो । मेरो प्रेमको सम्हाल्नका लागि एकदमै सुन्दर, तिम्रो अनेकौँ फोटोसुटले मेरो दिल फेरि चोर्यौ, मेरो कपकेक ।”
साथै सुकेशले ज्याकलिनको नामको एक स्टार उपहार पनि दिएका छन् । उनले भनेका छन्, “बेबी, अब तिमि त्यो खास मान्छे हौ जो सँग रियल स्टार छ । तिमि यसको हकदार हौ किनभने तिमि साच्चै स्टार हो, मेरो स्टार अब सारा दुनिया तिम्रो तारालाई देख्न सक्नेछ ।”
अघिल्लो वर्षपनि सुकेशले ज्याकलिनलाई लभलेटर लेखेका थिए ।
वि.सं.२०८१ जेठ २३ बुधवार १०:२९





