उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘निम्स दाई’को १ लाख पुरस्कार

1.37K shares

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित ज्ञानप्रकाश माविबाट उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीले एक लाख रुपैयाँको ‘निम्स दाइ’ पुरस्कार प्राप्त गरेका छन् । कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विपिन राम्जीलाई आरोही निर्मल पुर्जाले स्थापना गरेको ‘निम्स दाइ’ फर एजुकेसन कोषमार्फत पुरस्कार वितरण गरिएको हो ।

पर्वतारोहण क्षेत्रमा विश्व कीर्तिमान कायम गरेका आरोही निर्मल पुर्जाले शैक्षिक क्षेत्रमा योगदान गर्नका लागि ‘निम्स दाइ’ फर एजुकेसन सञ्चालन गरिरहेका छन् । पर्वतारोहण क्षेत्रमा दर्जन कीर्तिमान कायम गरेका पुर्जा दानामा जन्मिएका हुन् ।

उनले गत वर्ष विद्यालयमा ४० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए। गत वर्ष एसईईमा विद्यालय प्रथम हुने अश्विन विकले ८० हजार र कक्षा ८ मा प्रथम हुने अप्सन पुर्जाले ५० हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरेका छन्।

1.37K shares