‘किल’ ले पाँच दिनमा कति कमायो ?

371 shares

काठमाडौँ । बलिउड फिल्म ‘किल’को चर्चा रिलिज हुनुअगावैदेखि थियो । एक्सनले भरिपुर्ण फिल्मको हाइपअनुसार बक्सअफिसमा पनि राम्रो गर्ने अनुमान गरिएको थियो ।

फिल्मले १ करोड २५ लाख भारुको ओपनिङ गरेको थियो । बिस्तारै लय समातिरहेको फिल्मले बक्सअफिसमा पाँचौ दिनसम्ममा ८ करोड ४२ लाख भारु कमाएको छ ।

१० देखि २० करोड भारुमा बनेको फिल्मको पुरै कथा ट्रेनभित्रको रहेको छ । फिल्मके क्यामेरा एंगलको सबैले प्रशंसा गरेका छन् । एक्सनको पनि राम्रै चर्चा भइरहेको छ ।

फिल्मलाई निखिल नागेश भट्टले निर्देशन गरेका छन् । फिल्ममा लक्ष्य लालवानी, राघव जुयाल, आशिष विद्यार्थी, हर्ष छाया, तान्या मानिकतला लगायतका कलाकारको अभिनय रहेको छ ।

371 shares