सौर्यको विमान दुर्घटनामा १३ जनाको मृत्यु, ४ जना अस्पताल भर्ना
वि.सं.२०८१ साउन ९ बुधवार ०६:५०
917
shares
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार मर्मतका लागि पोखरा जाना लागेका सम्पुर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरु रहेको जहाजमा १३ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ५ जनाको उद्धार गरिएको छ । उद्धार गरि ३ जनालाई टिचिङ अस्पताल, १ जनालाई मदरल्याण्ड अस्पता र १ जनालाई केएमसी अस्पतालमा उपचारको लागि पठाइएको छ । १ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
शवहरुलाई शिक्षण अस्पताल महाराजगन्ज लगिँदै गरेको जनाइएको छ ।
वि.सं.२०८१ साउन ९ बुधवार ०६:५०
917
shares