मृत्युको हल्ला फैलिएपछि रामचन्द्र अधिकारी ‘गोक्ते काजी’ले भने, “म सकुशल छु”

वि.सं.२०८१ भदौ १६ आइतवार ०७:२६
1.02K
shares

काठमाडौं । केहिदिन यता कलाकार रामचन्द्र अधिकारी ‘गोक्ते काजी’को निधन भएको हल्ला बजारमा फैलिएको छ । केहि न्युज पोर्टल, टिकटक र रिल्सहरुमा उनको मृत्युको हल्ला फैलाइएको छ ।
यस्तोमा रामचन्द्र अधिकारीले कसले यस्तो हल्ला फैलायो, भ्रममा नपर्न आग्रह गरेका छन् । हाल विभिन्न सिरियलको सुटिङको काम गरिरहेको उनले बताएका छन् । गत वर्ष बिरामी हुँदाको अस्पतालको फोटो राखेर प्रचार गरिएको उनले बताए ।
पछिल्लो समय सामाजिक संजालमा कलाकारको फेक भिडियो र समाचार बनाउने क्रम बढ्दो देखिन्छ । केहि समय अगाडि काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरको पनि गलत फोटो बनाएर सार्वजनिक गरिएको थियो ।

वि.सं.२०८१ भदौ १६ आइतवार ०७:२६
1.02K
shares