दया र मिरुनाको ‘नांगो गाउँ’ युट्युबमा सार्वजनिक

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:५८
903
shares

काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘नांगो गाउँ’ युट्युबमा रिलिज भएको छ । शुत्रबार हरितालिका तीजको अवसर पारेर फिल्म रिलिज भएको हो ।
बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक फिल्म युट्युवको ट्रेन्डिङमा समेत परेको छ । फिल्मलाई दर्शकको राम्रो प्रतिक्रिया मिलिरहेको छ । गत वर्ष हलमा प्रदर्शनमा आउँदा पनि फिल्मले ठिकै कलेक्सन गरेको थियो ।
पोलिटिकल ड्रामा फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेको हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी आरएल शाह, बुद्धि तामांग, रविन्द्र झा, शिशिर वाङदेल लगायतका कलाकारको अभिनय रहेको छ ।

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:५८
903
shares