मोफसलका दर्शक भेट्न निस्किए पल र पूजा
वि.सं.२०८१ भदौ २५ मंगलवार ०६:३८
1.93K
shares

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’ले दर्शकको माया पाइरहेको छ । फिल्मका मूख्य कलाकार पल शाह र पूजा शर्माले रिलिजको केहि दिन उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक भेटेका थिए ।
अब भने उनिहरु मोफसल यात्रामा निस्किएका छन् । यात्रामा पल, पूजा र प्रकाश शाह लगायतको टिम छ । आज उनिहरुले नेपालगञ्जका हलमा दर्शक भेट्नेछन् । त्यसपछि भोलि बुधबार दाङ र बिहीबार धनगढी पुगेर दर्शकको प्रतिक्रिया लिन जनाइएको छ ।
सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममा पल, पुजा, प्रकाशको साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, कैलाश रावल, अर्जुनजंग शाही, शर्मीला मल्ल लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८१ भदौ २५ मंगलवार ०६:३८
1.93K
shares





