पूजा शर्माको पारिश्रमिक २५ लाख

2.11K shares

काठमाडौँ । अभिनेत्री पूजा शर्माको ‘रावायण’ हलमा प्रदर्शन भइरहेको छ । उनि फिल्मको निमात्री समेत हुन् ।

उनले फिल्ममा काम गर्दा लिने पारिश्रमिकको बारेमा खुलाएकी छिन् । एक अन्तर्वाताका क्रममा उनले सुरुवाती चरणमा काम गर्दा ३ लाख रुपैँया लिने गरेको भएपनि हाल भदौमा प्रदर्शन हुने फिल्म रावायणका लागि उनले २५ लाख रुपैँया पारिश्रमिक लिएको बताएकी छिन् ।

नेपाली फिल्म क्षेत्रमा काम गर्ने कलाकारहरुले लिने पारिश्रमिकको विषय सधैँ विवादित छ । फिल्म बक्सअफिसमा डिजास्टर हुन्छ, तर कलाकारले पारिश्रमिकको विषयमा यति लाख र उति लाख भनेर मिडियामा बोलीरहेको हुन्छ । केहि समयअगाडि अनमोल केसीको पारिश्रमिक ५० लाख भनेर सार्वजनिक भएको थियो । उनले कर तिरेको विल समेत बाहिरिएको थियो । यस्तोमा पूजा शर्मा सर्वाधिक महँगो नायिका बनेकी छिन् । उनकै दावि मान्ने हो भने, उनि अहिलेको सर्वाधिक महँगो नायिका हुन् ।

तर, यो पारिश्रमिकको विषय पत्याइदिने कसले । नेपाली चलचित्र क्षेत्रको बजारको बारेमा सबैलाई थाहा छ । यति धेरै रकम कलाकारको पारिश्रमिकमा खर्च गर्न को नै तयार होला र ? ए, साँच्ची रावायणको निर्माता पनि पूजा नै पो हुन त । आँफै निर्माता भएपछि पारिश्रमिक जति दिए नि भै गयो नि ।

2.11K shares