‘खुस्मा’को ट्रेलरमा प्रेम, विछोड र पर्खाइको कथा

2.26K shares

काठमाडौँ । असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खुस्मा’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार केन्द्र मोसन पिक्चर्समार्फत ४ मिनेटको ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक ट्रेलरमा प्रेम, मिलन, विछोड र पर्खाइको कथा देखाइएको छ । फिल्मका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको प्रेमिल सम्बन्ध र विछोडलाई देखाइएको छ । जनयुद्धको पृष्ठभुमिमा हुर्किएको प्रेमकथामा बनेको फिल्मलाई अशोक थापा मगरले निर्देशन गरेका छन् ।

फिल्मको यसअगाडि सार्वजनिक गीत र टिजरलाई दर्शकले मन पराएका छन् । सार्वजनिक प्रचार सामग्रीको हाइप हेर्दा फिल्मले राम्रो गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

फिल्ममा धिरज र उपासनाको साथमा माओत्से गुरुङ, राज थापा काउचा, विजय संन्योक सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, अरुण मगर लगायतका कलाकारको अभिनय रहेको छ । एम मिडिया प्रा।ली।ले निर्माण गरेको फिल्ममा बिर बहादुर लामा, चन्द्र भट्टचन, बेतानी मगर, मान बहादुर मगरको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता मोहन राई हुन् भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।

 

2.26K shares