कस्तो बन्यो ‘छक्का पन्जा ५’ को ट्रेलर ?
वि.सं.२०८१ असोज १९ शनिवार १४:१३

काठमाडौँ । असोज २४ गते फूलपातीको अवसरमा प्रदर्शनमा आउने चलचित्र ‘छक्का पन्जा ५’ को ट्रेलर सार्वज्निक भएको छ । शनिबार फिल्मको ४ मिनेट लामो ट्रेलर सार्वजनिक भएको हो ।
ट्रेलरमा राजनीतिक विषयवस्तु र पारिवारिक कथावस्तु हास्य शैलीमा प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलमा यो पटक दीपकराज गिरी सरकारी जागिरे बनेका छन्।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश वुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेस खनाल, हिउँवाला गौतम, नविन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखक र निर्मल शर्माको अभिनय छ ।
दीपकराज गिरीको कथा र पटकथा रहेको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको संवाद छ । केदार प्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा केशव न्यौपाने र दीपेन्द्र खनियाँ निर्माताको रुपमा छन् ।
‘ज्वाइँ साब’ र ‘१२ गाउँ’सँग भिडन्त हुने भएपछि फिल्मको चर्चा उच्च छ । यस्तोमा सार्वजनिक ट्रेलरले ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’लाई टक्कर देला त ?
वि.सं.२०८१ असोज १९ शनिवार १४:१३





