हलवालालाई निश्चल बस्नेतको चेतावनी, ‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने

560 shares

काठमाडौँ । निर्देशक निश्चल बस्नेत फेरि एकपटक चर्चामा आएका छन् । हाल उनको ‘बेहुली फ्रम मेघौली’ हलमा प्रदर्शनरत छ । फिल्मको राम्रो अकुपेन्सी हुँदा पनि हलवालाले विभेद गरेको भन्दै उनले हलबाट फिल्म उतार्ने चेतावनी दिएपछि उनि चर्चामा आएका हुन् ।

यसो त गत बर्ष उनको दिमाग खराब रिलिजको बेलामा पनि उनले निर्माताले ५० प्रतिशत शेयर पाउनुपर्ने अडान राख्दै फिल्म हलबाट उतार्ने चेतावनी दिएका थिए । पछि सहमतीमा उनले उठाएको मुद्दा सम्बोधन भएको थियो ।

यो पटक उनले हलवालालाई चेतावनी मात्र दिएका छैनन, हलकै विकल्प खोज्ने बताएका हुन् । उनले बेहुली फ्रम मेघौलीको अकुपेन्सी राम्रो हुँदा पनि विदेशी फिल्मलाई प्राथमिकतामा राखेर शोज दिइएको आरोप लगाएका हुन् । दर्शकको माया पाइरहेको बेलामा पनि शोज नबढाएको भन्दै उनले हलको विकल्प खोज्ने बताएका छन् ।

उनले हलको विकल्प भने के हो भनेर खुलाएका छैनन् ।

560 shares