दसैँपछि पहिलो दिननै सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

616 shares

काठमाडौँ । दसैँपछिको पहिलो कारोबार दिननै नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैँयाले बढेको हो ।

बजारमा सुनको मुल्य १ लाख ६० हजार ५ सय रुपैँया प्रतितोला कारोबार भइरहेको महासंघले जनाएको छ । यसअगाडि असोज २३ गते सुनको मुल्य प्रतितोला १ लाख ५९ हजार १ सय रुपैँयामा कारोबार भएको थियो ।

यस्तै बजारमा चाँदीको मूल्य पनि बढेको छ । बजारमा चाँदी तोलामा २५ रुपैँयाले बढेर १ हजार ९ सय २५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

616 shares