‘फेरि रेशम फिलिली’को छायांकन सुरु

1.75K shares

काठमाडौँ । भूकम्प गएको वर्ष २०७२ सालमा रिलिज भएको फिल्म रेशम फिलिलीको दोश्रो श्रृंखलाको छायांकन सुरु भएको छ । सोमबारदेखि काठमाडौँबाट फिल्मको छायांकन सुरु भएको हो ।

फिल्ममा निर्माता, निर्देशक र केहि कलाकार हेरफेर भएका छन् । निरोज महर्जनको पटकथा तथा संवाद तथा निर्देशन रहेको फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, नीर शाह, रविन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।

फिल्मलाई सिनेमा आर्ट्स र भी मोसन पिक्चर्सको सहकार्यमा निर्माण गर्न लागिएको हो । फिल्ममा सुसन प्रजापति छायांकार, सुरेन्द्र पौडेल सम्पादकको रुपमा छन् । संगीत कालीप्रसाद बास्कोटा, एसीडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माको छ ।

1.75K shares