निश्चलले हलबाट उतारे ‘बेहुली फ्रम मेघौली’, अब कहाँ हेर्ने ?

2.1K shares

काठमाडौँ । हलमा उत्साहजनक रुपमा प्रदर्शन भइरहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई निर्माताले उतारेका छन् । निर्मातामध्येका एक निश्चल बस्नेतले भोली अक्टोबर १७ बाट फिल्म नेपाली हलहरुमा नलाग्ने बताएका हुन् ।

फिल्म राम्रो अकुपेन्सीका साथ हलमा प्रदर्शन भइरहँदा पनि हलवालाले पर्याप्त शो नदिएको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए । यस्तोमा उनले हलको विकल्प खोज्ने चेतावनी समेत दिएका थिए ।

सोहि अनुरुप निर्माण टिमले फिल्मलाई हलबाट उतार्ने निर्णय गरेको छ । अब फिल्म ओटिटि प्लेटफर्म एमएसएममार्फत प्रदर्शनमा आउनेछ । एप्लीकेशनमा ओटिपिको समस्या देखिएको दर्शकको गुनासो थियो । उक्त गुनासो सम्बोधन हुने बस्नेतले बताएका छन् । फिल्म भोलिबाट उक्त ओटीटी प्लेटफर्ममा प्रदर्शन हुनेछ ।

साजन काफ्ले र आकाश बरालले फिल्मको लेखन एवं निर्देशन रहेको फिल्ममा स्विस्तमा खड्का, निश्चल बस्नेत, सिम्रन खड्का, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय रहेको छ ।

2.1K shares