प्रदीप खड्काले फिल्म क्षेत्र छाड्ने !

5.55K shares

काठमाडौँ । अभिनेता प्रदीप खड्का पछिल्लो पुस्ताका सर्वाधिक रुचाइएका र सफल अभिनेता हुन् । हाल उनको ‘एक्टर : टेक वान’ प्रदर्शनको संघारमा छ । गत जेठमा प्रदर्शन भएको ‘पूजार सार्की’बाट उनले सफलता हासिल गरेका थिए ।

हाल नयाँ फिल्मको प्रचार प्रसारमा व्यस्त प्रदीपले फिल्म क्षेत्र छाड्ने संकेत गरेका छन् । कान्तिपुरको फायर सायड कार्यक्रममा कुराकानी गर्दै उनले फिल्म क्षेत्र कुनै पनि बेला छाड्न सक्ने संकेत गरेका हुन् ।

उनले नेपाली चलचित्रमा ‘इस्केप’ बाट पदार्पण गरेका थिए । फिल्ममा उनले लगानी पनि गरेका थिए । फिल्म डुब्दा उनलाई ठुलै रकम घाटा पनि भएको थियो । त्यसपछि फिल्म क्षेत्र छाड्ने तयारीमा रहेका उनले ‘प्रेमगीत’ फिल्ममा काम गरे । फिल्म हिट भयो भने प्रदीप रातारात स्टार बने ।

त्यसयताको फिल्मी करियरलाई उनि बोनश करियर मान्छन् । दर्शकले दिएको मायालाई आभारी रहँदै उनले आफु कुनै पनि बेला फिल्म क्षेत्र छाड्न सक्ने बताए । फिल्म क्षेत्र छाडेपनि कुनै न कुनै रुपमा यहि क्षेत्रमा सक्रिय रहने उनले बताए । निर्माताको रुपमा भएपनि यहि क्षेत्रसँग जोडिइरहने उनले बताए ।

हाल उनको ‘एक्टर’ रिलिजको क्रममा छ भने ‘पिताम्बर’, ‘एक्लो’ लाइनअपमा छ ।

5.55K shares