‘छक्का पन्जा ५’ को कमाई १० करोड माथि

वि.सं.२०८१ असोज ३० बुधवार ०५:५०
1.22K
shares

काठमाडौँ । दशैँको फूलपातिबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ५’ ले १० करोड माथिको कलेक्सन गरेको छ । हलमा आक्रमक देखिएको फिल्मले ६ दिनमै १० करोडको आँकडा पार गरेको हो ।
फिल्मले पहिलो र दोश्रो दिन २–२ करोड माथिको कलेक्सन गरेको थियो । तेश्रो दिन ठिकठाक कलेक्सन गरेको फिल्मले चौथो दिनबाट आफ्नो रफ्तार कायम गरेको थियो । फिल्मले मंगलबारसम्ममा १० करोड माथिको कलेक्सन गरेको निर्माण टिमको दाबि छ ।
दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, प्रकाश घिमिरे, राजाराम पौडेल, वर्षा सिवाकोटी लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।

वि.सं.२०८१ असोज ३० बुधवार ०५:५०
1.22K
shares