फेरि बढ्यो सुनको भाउ, तोलाको कति ?

630 shares

काठमाडौँ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढेको छ । बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ६५ हजार पुगेको छ । शुक्रबारको भन्दा ६ सय रुपैँयाले सुनको मूल्य बढेको हो ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि ८५ रुपैँया प्रतितोलामा बढेको छ । बजारमा चाँदी प्रतितोला २ हजार ७५ हजार रुपैँयामा कारोबार भइरहेको छ ।

 

630 shares