स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने

वि.सं.२०८१ कात्तिक ४ आइतवार १३:०५
651
shares

काठमाडौँ । स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी पोसाकमा रहेका स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने जनाएको हो ।
कार्तिक १५ गतेदेखि लागु हुनेगरी पोसाकमा रहेका र परिचयपत्र बोकेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्नो जिल्लामा सार्वजनिक यातायातका साधन प्रयोग गर्दा भाडा नलाग्ने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र यातायात व्यवसायी राष्ट्रिय महासंघबिच स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्नो जिल्लामा सार्वजनिक यातायातका साधन प्रयोग गर्दा भाडा नलाग्ने समझदारी भएको हो ।

वि.सं.२०८१ कात्तिक ४ आइतवार १३:०५
651
shares