रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

455 shares

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि किर्तेसहित संगठित अपराधमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो ।

न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि लागेको आरोपमा अनुसन्धान गर्न समय थप गरेको हो। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए।

सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामिछानेलाई शुक्रबार काठमाडौंंमा पक्राउ गरेको थियो।

 

455 shares