चलचित्र ‘पेन्सनपट्टा’ बनाउँदै माओत्से गुरुङ
वि.सं.२०८१ कात्तिक ४ आइतवार ११:४५
1.68K
shares

काठमाडौं । माओत्से गुरुङले नयाँ चलचित्र ‘पेन्सनपट्टा’ बनाउने भएका छन् । आइतबार उनले नयाँ फिल्म बनाउने घोषणा गरेका हुन् ।
भूतपूर्व लाहुरे परिवारको कथामा बन्न लागेको फिल्ममा एउटा लोभि युवक कसरी दानी हुन पुग्छ भन्ने कथा देखाइने जनाइएको छ । गुरुङको निर्देशनमा बनेको ‘दयारानी’ले गतवर्ष ४ करोडको कलेक्सन गर्दै दर्शकको माया बटुलेको थियो ।
माओत्सेकै पटकथा तथा निर्देशन रहने फिल्मको निर्माण माओत्से गुरुङ प्रोडक्सनको ब्यानरमा हुँदैछ । फिल्मलाई पोखरा र अन्नपूर्ण हिमश्रृंखला सामुन्नेको रमणीय गाउँ ताङतिङमा छायांकन गरिने भएको छ ।
फिल्मका लागि कलाकारको छनौट भइरहेको जनाइएको छ ।
वि.सं.२०८१ कात्तिक ४ आइतवार ११:४५
1.68K
shares








