‘जेरी अन टप’बाट आनालाई निकाल्नुमा मेरो हात छैन : अनमोल केसी
वि.सं.२०८१ कात्तिक १२ सोमवार ११:०४

काठमाडौँ । आजबाट ‘जेरी अन टप’को छायांकन सुरु भएको छ । आज पाटनको बंगलामुखी मन्दिरमा शुभमूहुर्त गर्दै फिल्मको छायांकन सूरु गरिएको हो ।
मूहुर्त कार्यक्रममा फिल्मका कलाकार, प्राविधिक, फिल्म क्षेत्रका दिग्गज, राजनीतिक व्यक्तित्व र पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, निर्मल शर्मा, संगीता थापा मगर, सुष्मा निरौला लगायतका कलाकारको उपस्थिति थियो ।
सोहि कार्यक्रममा पत्रकारसँग अन्तरक्रिया गर्दै अनमोल केसीले आना शर्मालाई फिल्मबाट निकाल्नुमा आफ्नो हात नभएको बताएका हुन् । फिल्मको पहिलो पार्टमा अनमोल र आनाको जोडि बाँधिएको थियो । दर्शकले दुवै जनाको जोडिलाई रुचाएका थिए । सुरुमा आनाले काम गर्ने भनिएपनि पछि उनलाई फिल्मबाट निकालिएपछि विवाद उत्पन्न भएको थियो ।
यस्तोमा आनालाई निकाल्नुमा टिमको निर्णय भएको तर आफ्नो कुनै भूमिका नभएको उनले बताएका हुन् । फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्नेछन् ।
वि.सं.२०८१ कात्तिक १२ सोमवार ११:०४





