गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेको तर्फबाट उमा मगर उम्मेदवार

5.72K shares

दोलखा । नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटीले आगामी मंसिर १६ गते हुने उप निर्बाचनमा उमा लुंगेली मगरलाइ उप प्रमुख पदको उम्मेदवार बनाउने भएको छ । बुधबार बसेको पालिका कमिटिको पुर्ण बैठकले मगरलाइ सर्बसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले उम्मेदवार छलफल तथा चयनका लागि प्रदेश कमिटी सदस्य उर्मिला थामिको नेतृत्वमा ५ सदस्यीय उम्मेदवार छनोट कार्यदल बनाएको थियो । कार्यदलले विभिन्न चरणमा पार्टिको वडा कमिटी र आकाङ्क्षी हरुसङ्ग वान टु वान तथा सामुहिक छलफल गरेर उम्मेदवारको टुंगो लगाएको कार्यदलको संयोजक थामिले बताइन ।

बैठकमा पोलिटब्युरो सदस्य पार्वत गुरुङले उप निर्वाचनका लागि उम्मेदवार छनौट प्रक्रिया तल्ला कमिटीबाटै गरिएको बताए । उनले नेताले टपक्क टिपेर उम्मेदवार बनाउने चलन सधैँको लागि अन्त्य गर्दै सम्बन्धित कमिटीले नै उम्मेदवारको छनौट गर्ने अभियान आरम्भ भएको बताए ।

बैठकमा एमाले पोलिट्ब्युरो सदस्य पार्बत गुरुङ, प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य भरत केसि, प्रदेश कमिटी सदस्य उर्मिला थामी, जिल्ला कमिटी अध्यक्ष नर बहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिब सोयम बहादुर खड्का लगायतका नेताहरुको उपस्थिती थियो ।

को हुन उम्मेदवार बनेकी उमा ?

उमा मगर शेर्पा गौरीशंकर ७ मार्बु निवासी हुन । सामाजिक क्षेत्रमा सक्रिय शेर्पा एमालेको पारिवारिक पृष्ठभुमिमा हुर्किएकी हुन । ब्यबसायी समेत रहेकी उनले सामाजिक कार्यहरुमा पनि अग्रपंक्तिमा रहेर काम गरेकी छ्न ।

लायन्स क्लबमा आबद्ध भएर सामाजिक कार्य गरेको अनुभव उनी सङ्ग छ । २०७२ सालको भुकम्प होस वा अन्य बिपत्तिको समयमा, पिडितको घरमा मल्हम लगाउन उनी पुग्छिन । कोरोना महामारिमा होस वा बढिपिडितहरुको सहयोगका लागि उमा सदैब अग्रपंक्तिमा रहेर काम गर्छिन ।

5.72K shares