मोटरसाइकल दुर्घटनामा कमेडियन महराको मृत्यु
वि.सं.२०८१ मंसिर २६ बुधवार ०४:५३
1.62K
shares

काठमाडौँ । कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । मंगलबार साझ उनको कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।
उनि सवार म २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर नजिकै दुर्घटना भएको थियो । दुर्घटना लगत्तै सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो उनलाई । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
महरा ‘कमेडी च्याम्पियन सिजन २’ मा सहभागी भई चर्चामा आएका थिए ।
वि.सं.२०८१ मंसिर २६ बुधवार ०४:५३
1.62K
shares





