विशाल भट्टराईको सहयोगमा विद्यार्थीलाई ‘न्यानो कपडा’ वितरण

2.3K shares

काठमाडौँ । एमाले नेता तथा तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईको सहयोगमा रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय र कालिका आधारभूत विद्यालयका ५८ विद्यार्थीलाई लत्ताकपडा वितरण गरिएको छ । भट्टराई र गैरसरकारी संस्थाको सहयोगमा न्यानो कपडा ज्याकेट वितरण गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसोबाट जोगाउन ज्याकेट वितरण गरिएको उनले जानकारी दिए । विद्यालयमा आयोजित कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सल्लाहकार सदस्य हरि पोखरेल, कोशी प्रदेश उपसचिव देवान राई, प्रदेश सचिवालय सदस्य विणादेवी राई, प्रदेश सदस्य सुनिल राई, एमाले खोटाङका अध्यक्ष देवविक्रम राई, उपाध्यक्ष कुमार आचार्यलगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठान सबैले सहयोग गर्नुपर्ने बताए ।

2.3K shares