‘कार्साङ’को ट्रेलर सार्वजनिक

1.72K shares

काठमाडौँ । यम शेर्पाको निर्देशनमा बनेको चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा फिल्मका अधिकांश पात्रहरुलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा पारिवारिक कलह, सामाजिक संस्कार र त्यसमा आउने उतारचढाबलाई देखाइएको छ । शेर्पा समुदायको संस्कृतिमा आधारीत फिल्ममा दयाहाङ राई, जितु नेपाल, दिया मास्के, वुद्दि तामाङ, रविन्द्र झा, प्रेम लोप्चन, कविता आले लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको कथा, पटकथा र संवाद निर्देशक शेर्पाकै रहेको छ । पुरुषोत्तम प्रधान निर्माता रहेको फिल्ममा वीरेन्द्र शाही लाइन प्रोड्युसर, गोविन्द बोहरा सह–निर्माता, भूपेन्द्र अधिकारी सम्पादकको रुपमा छन् ।

फिल्म पौष २६ गतेबाट प्रदर्शनमा आउनेछ ।

 

1.72K shares