‘दुखी आत्मा’को टिजर : एडल्ट डायलगमा दया र आँचलको रोमान्स
वि.सं.२०८१ पुस २३ मंगलवार १२:४४
2.47K
shares

काठमाडौँ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्र दुखी आत्माको टिजर सार्वजनिक भएको छ । मंगलबार बुढासुब्बा डिजिटलमार्फत फिल्मको ३ मिनेट बढीको टिजर सार्वजनिक भएको हो ।
टिजरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ लगायत प्रस्तुत छन् । एडल्ट ड्रामा भनिएको टिजरमा एडल्ट जोक्सहरुले भरिएको छ । टिजरमा दया र आँचल रोमान्टिक देखिएका छन् ।
भ्यालेन्टाइन डे को अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा हिमाल कडरियाको लगानी छ । फिल्मका कार्यकारी निर्माता सुदिप ढकाल हुन् ।
फिल्ममा रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरुको पनि अभिनय छ ।
वि.सं.२०८१ पुस २३ मंगलवार १२:४४
2.47K
shares





