दर्शकले रुचाएनन् ‘दुखी आत्मा’को टिजर

वि.सं.२०८१ पुस २८ आइतवार १२:२८

काठमाडौँ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘दुखी आत्मा’को टिजर गत मंगलबार सार्वजनिक भएको थियो । आशा गरिएको टिजरलाई दर्शकले भने खासै रुचाएनन् ।
सार्वजनिक भएको ५ दिनमा पनि फिल्मको टिजरले ५ लाख १२ हजार भ्युज बटुलेको छ । डबल मिनिङ संवादहरुले भरिएको टिजरलाई दर्शकले मन पराएनन् । एडल्ट ड्रामा भनिएको फिल्मको टिजर एडल्ट संवादहरुले भरिएको छ ।
फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
भ्यालेन्टाइन डे को अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा हिमाल कडरियाको लगानी छ । फिल्मका कार्यकारी निर्माता सुदिप ढकाल हुन् ।

वि.सं.२०८१ पुस २८ आइतवार १२:२८