एक्सन र सस्पेन्सले भरिएको ‘पिताम्बर’को टिजर

497 shares

काठमाडौँ । कृषा चौलागाइँको निर्देशनमा बनेको चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रविन्द्र झा, सुषुष्पा भट्ट लगायतका कलाकारलाई देखाइएको छ । प्रदीपको पात्र दमदार देखिएको छ । दयाहाङ प्रहरीको भूमिकामा छन् भने सौगातको भूमिका आर्मी अफिसरको जस्तो देखिएको छ ।

पूर्ण एक्सनले भरिएको टिजरले दर्शकलाई उत्सुक बनाउने देखिन्छ । बलियो स्टारकाष्टका कारण पनि दर्शकमा फिल्मप्रति तिव्र प्रतिक्षा हुन सक्छ ।

विशाल चौलागाइँको लगानी रहेको फिल्म चैत्र २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

 

497 shares