‘महाराजधिराज’को पोस्टरमा नांगै देखिए पल शाह

वि.सं.२०८१ माघ १ मंगलवार १०:३३
707
shares

काठमाडौँ । चलचित्र ‘महाराजधिराज’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । मंगलबार निर्माण टिमले अभिनेता पल शाहलाई प्रस्तुत गर्दै पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा स्लोगन राखिएको छ, ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ । पोस्टरमा फिल्मका मुख्य दुई कलाकारलाई प्रस्तुत गरिएको छ । पल शाह न्यूड देखिएका छन् । ।
बिराज विष्ट प्रस्तुतकर्ता रहेको फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । हुन्। फिल्म आगामी वर्षको दशैंको फूलपातिमा प्रदर्शनमा आउनेछ । फिल्ममा टोपेन्द्र बिष्ट, चक्र बहादुर केसी र रवि खड्काको लगानी छ ।

वि.सं.२०८१ माघ १ मंगलवार १०:३३
707
shares