‘कार्साङ’को निराशाजनक व्यापार, ६ दिनमा कति कमायो ?

840 shares

काठमाडौँ । यम शेर्पाको निर्देशनमा बनेको चलचित्र ‘कार्साङ’ले सन्तोषजनक व्यापार गर्न सकेको छैन । रिलिजको ६ दिनसम्ममा पनि फिल्मको व्यापार निराशाजनक रहेको छ ।

फिल्मले ६ दिनमा १ करोड ४५ लाखको ग्रस कलेक्सन गरेको निर्माण टिमले दाबी गरेको छ । पहिलो दिन दर्शकको थोरै फ्लो देखिएपनि त्यसपछिका दिनमा फिल्म हेर्न दर्शकको खडेरि नै देखिएको छ ।

शेर्पा समुदायको कथामा आधारित फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, श्रृष्टी गौतम लगायतका कलाकारहरूको अभिनय छ ।

840 shares