गायिका मेलिना राईले इन्गेजमेन्ट गरिन्, बिहे कहिले ?

784 shares

काठमाडौँ । चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन् । उनले आफ्नो प्रेमी ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी हुन् ।

उनले इन्गेजमेन्ट गरेको तस्विर सामाजिक संजालमा सार्वजनिक भएको छ । उनका आफन्तहरुले तस्विर र भिडियो सार्वजनिक गरेका हुन् ।

बेलायतमा बस्ने ध्रुव लमजुङका हुन् । उनि र मेलिना केही समयदेखि प्रेममा रहेका थिए । उनिहरुले भोलि बिहे गर्न लागेको जनाइएको छ ।

मेलिनाले यसअगाडि पनि इन्गेजमेन्ट गरेकी थिइन् । तर, उक्त सम्बन्ध लामो समय टिक्न सकेन ।

 

784 shares