खगेन्द्र र वर्षा अभिनित ‘हर्ष’ को छायांकन सकियो
वि.सं.२०८१ चैत २४ आइतवार १३:२१

काठमाडौँ । एकता पौडेलको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘हर्ष’को छायांकन सकिएको छ । शनिबार चितवनमा एक गीत खिच्दै ३५ दिनमा फिल्मको छायांकन सकिएको हो ।
फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउतको मुख्य भूमिका रहेको छ । दुवैले मेयरमा सहकार्य गरेका थिए । यो उनिहरुको दोश्रो सहकार्य हो ।
फिल्मको कथा निर्देशक पौडेलकै रहेको छ । फिल्ममा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित लगायतको अभिनय छ ।
फिल्ममा आलोक शुक्लाको छायांकन, वसन्त सापकोटा र एलिस कार्कीको संगीत तथा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । लोकेश बज्राचार्यले फिल्म सम्पादन गर्नेछन् ।
ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् ।
वि.सं.२०८१ चैत २४ आइतवार १३:२१








