‘कृष ४’ मा प्रियंका चोपडा
वि.सं.२०८१ चैत ३१ आइतवार ०८:२३
1.67K
shares

काठमाडौँ। बलिउड अभिनेता ऋतिक रोशनको नयाँ फिल्म ‘कृष ४’ को चर्चा सुरु भएको छ । फिल्मलाई ऋतिकले नै निर्देशन गर्ने भएपछि चर्चा चुलिएको हो ।
ऋतिकको पहिलो डेब्यू निर्देशन हुने फिल्म कृष ४ भएको छ । फिल्ममा मुख्य नायिकाको रुपमा प्रियंका चोपडा अनुबन्धित भएकी छन् । प्रियंका कृष को सबै पार्टमा मुख्य भूमिकामा देखिएकी छन् । उनले अभिनय गरेको प्रिया मेहराको रोल दर्शकले रुचाएका छन् ।
फिल्मको हाल प्रि–प्रोडक्सनको काम चलिरहेको छ। फिल्ममा ऋतिकको ट्रिपल भूमिका हुनेछ।
त्यस्तै फिल्ममा प्रीति जिन्टा र नोरा फतेहीको पनि मुख्य भूमिका रहनेछ । राकेश रोशन र आदित्य चोपडाले निर्माण गर्ने फिल्मको २०२६ मा छायांकन सुरू हुनेछ।
वि.सं.२०८१ चैत ३१ आइतवार ०८:२३
1.67K
shares







