‘पिताम्बर’मा प्रमोद अग्रहरीको चर्चै चर्चा

8.76K shares

काठमाडौँ । अभिनेता प्रमोद अग्रहरी पछिल्लो समयका व्यस्त कलाकार हुन् । उनले निभाउने खलपात्रको भूमिकालाई दर्शकले अत्याधिक रुचाएका छन् ।

दमदार आवाज, बुलन्द अभिनयका धनी प्रमोदको डिमान्ड उच्च छ । एक्सन फिल्मका लागि त उनि एकमात्र रोजाइ हुने गरेका छन् खलपात्रको भूमिकामा । पछिल्लो समय उनले ‘अगस्त्य’, ‘रावायण’ जस्ता चलचित्रमा गरेको खलनायकको भूमिकालाई दर्शकले मन पराएका थिए ।

यस्तैमा चैत्र २९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पिताम्बर’मा उनले निभाएको भूमिकाको प्रशंसा भइरहेको छ । उनले अभिनय गरेको धनन्जयको पात्रलाई दर्शकले अत्याधिक रुचाएका छन् । हल भिजिटका क्रममा उनको पात्रलाई लिएर देखाइएको प्रेमले प्रमोद उत्साहित देखिन्छन् ।

पिताम्बरले शुक्रबार देखि नै राम्रो व्यापार गरिरहेको छ । अधिकांश हलहरुमा उच्च अकुपेन्शीका साथ फिल्म चलिरहेको छ । यस्तोमा, प्रमोद हलमा पुग्दा दर्शकले उनको पात्रको डायलग बोल्दै प्रशंसा गरेका थिए ।

धनन्जय धनन्जय भनेर कराउने र उनिसँग तस्बिर खिच्नेको भिड राम्रै थियो। यहि भिड बिच एक आमा पनि थिइन् ४७ वर्ष पछि सिनेमा घरमा सिनेमा हेर्नुभयो केवल प्रमोद अग्रहरीलाई हेर्नकै लागी।

शुक्रबार लबिम मलमा हल भिजिट गर्दा प्रमोदले उनलाई भेटेका थिए । प्रमोदलाई फुलमाला , खदा लगाएरै शुभकामना समेत दिइन् ।

8.76K shares