अक्षय कुमारको ‘केसरी २’ ले कति कमायो ?

1.79K shares

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारका पछिल्ला केहि फिल्मले बक्सअफिसमा सुखद कमाई गर्न सकेका छैनन् । एक समय लगातार हिट फिल्म दिइरहेका अक्षयको पछिल्ला फिल्महरु बक्सअफिसमा फ्लप भइरहेका छन् ।

यस्तोमा उनको ‘केसरी २’ प्रदर्शनमा आएको छ । फिल्मले सुखद व्यापार गरिरहेको छ । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले दुई दिनमा १५ करोड ५० लाख भारू कमाएको छ।

९ करोड ५० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ७ करोड भारू कमाएको हो। फिल्ममा पञ्जाबस्थित जलियांवाला बागमा सन् १९१९ मा १३ अप्रिल भएको हत्याकाण्ड देखाइएको छ।

करण सिंह त्यागी निर्देशित फिल्ममा अक्षयसँगै आर. माधवन, अनन्या पाण्डेलगायत कलाकारको अभिनय छ।

1.79K shares