सहकारी ठगीको कथामा ‘महाभोज’को टिजर
वि.सं.२०८२ वैशाख १० बुधवार ०४:५४
1.93K
shares

काठमाडौँ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘महाभोज’को टिजर सार्वजनिक भएको छ । सहकारी ठगीको कथालाई उठाउँदै फिल्मको डेढ मिनेट भन्दा लामो टिजर सार्वजनिक गरिएको हो।
जेठको १५ गतेबाट रिलिजमा आउन लागेको फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत्त मुख्य भूमिकामा छन् ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त व्यानरमा निर्माण भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । विकास सुवेदीको फिल्ममा पटकथा तथा संवाद छ ।
वि.सं.२०८२ वैशाख १० बुधवार ०४:५४
1.93K
shares





