‘माग्ने राजा’को छायांकन सकियो

1.65K shares

काठमाडौँ । चलचित्र ‘माग्ने राजा’को छायांकन सकिएको छ । फिल्मको ४३ दिनमा छायांकन सकिएको हो ।

मुनाल घिमिरेको लगानीमा तयार भएको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’ शीर्ष भूमिकामा छन् । उनको साथमा आर्यन सिग्देल, विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ ।

सामिप्यराज तिमिल्सिनाको कथा रहेको फिल्म तीजको अवसरमा प्रदर्शनमा आउने जनाइएको छ ।

1.65K shares