‘कोशेढुंगा’ तीजमा रिलिज हुने

1.97K shares

काठमाडौं । ऐतिहासिक ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘कोशेढुंगा’को रिलिज मिति तोकिएको छ । विहिबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले हरितालिका तीजको अवसरमा भदौ १२ गतेलाई रिलिज मिति तोकेको हो ।

सार्वजनिक पोस्टरमा अभिनेत्री पन्तलाई प्रस्तुत गरिएको छ । गाउँको पृष्ठभूमिमा पछ्यौरी ओढेको ग्रामिण महिलाको चरित्रमा पन्त फिचर्ड छिन् ।

फिल्ममा सुरक्षासहित आर्यन सिग्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनालको पनि अभिनय छ ।

महिलाप्रधान बताइएको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रुपमा छन् । कार्यकारी निर्मातामा दिनेश खड्का छन् ।

1.97K shares