‘राम नाम सत्य’मा सुनिल थापा

1.37K shares

काठमाडौँ । माइकल चन्दको निर्देशनमा बन्ने फिल्म राम नाम सत्यमा अभिनेता सुनिल थापा अनुबन्धित भएका छन् । फिल्मको हाल कलाकार छनौट कार्य भइरहेको छ । यस्तोमा थापाको इन्ट्रिसँगै फिल्मको लाइनअप रोचक र बलियो देखिएको छ ।

फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिब्या रायमाझी र सुपुष्पा भट्ट अनुबन्धित भइरकेका छन् ।

फिल्मलाई लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा बनाउने तयारी निर्देशक चन्दको रहेको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्ने फिल्ममा उपेन्द्र शाही, श्वेता विमली, उत्तम गुरुङको लगानी हुनेछ । डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह कार्यकारी निर्माता हुन् ।

1.37K shares